२९ भदौ २०८३, सोमबार | September 14, 2026

समृद्धिका लागि पार्टी एकता आवश्यक : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन् । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै मुख्यमन्त्री गुरुङले भने, “पार्टीको फुटले न त देशलाई समृद्धि दिन सक्छ न त कसैलाई फाइदा नै ।”

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरी अतिथि गैहे्रको निधनको नवौँ दिनको पूण्य तिथिमा आज स्याङ्जाको गल्याङ–९ गेझास्थित घरमा आयोजित श्रद्धाञ्जलि सभामा उनले पार्टीको एकतालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताए । “हिजो जनताकै चाहनाले पार्टी एक भएको हो” मुख्यमन्त्री गुरुङले भने, “एक भएका कम्युनिष्ट व्यक्तिले चाहेर अलग हुन नसक्ने र जनताको आशालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ ।” श्रद्धाञ्जलि सभामा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, संविधानसभा सदस्य अमृता थापा मगर, नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद मीनप्रसाद गुरुङ र नेकपा नेता शैलेन्द्र घिमिरेले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए ।

नेकपा स्याङ्जाका अध्यक्ष गैह्रेकी छोरी १३ वर्षीया अतिथिको यही मङ्सिर १ गते भाइटीकाका दिन अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पोखरामा सोही दिन निधन भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : २५ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा