२९ भदौ २०८३, सोमबार | September 14, 2026

महिला हिंसा अन्त्यका लागि जनचेतना फैलाउन राष्ट्रपतिको आग्रह



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’ का अवसरमा आज दिएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको जनाएकी छन् ।

नेपालको संविधानले हिंसामुक्त न्यायिक समाजको परिकल्पना गरेको उल्लेख गर्दै सन्देशमा नेपाल सरकार संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेका सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्नेमा जोड दिइएको छ ।

“बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथाजस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानूनले निषेध गरेको भए तापनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको छ । घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कारजस्ता जघन्य हिंसा निर्मूलन गर्ने सरकारका प्रयास पूर्णरूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्छ” , राष्ट्रपतिको सन्देशमा भनिएको छ, “हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्दछ । राज्यका सबै तह तथा संरचनामा लैङ्गिक मूल प्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ ।”

राष्ट्रपति  भण्डारीले कोभिड–१९ को महामारीले बालबालिका, किशोरी तथा महिलाको जीवनलाई थप कष्टकर बनाएकाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गरी आआफ्ना तर्फबाट भरमग्दूर प्रयास गर्नुपर्नेमा पनि जोड दिइन ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : ५१ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा