२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कैलाली भन्सारबाट लक्ष्यभन्दा ११ प्रतिशत बढी राजश्व संकलन



धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार लक्ष्य भन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ । पहिलो चौमासिक अर्थात कात्तिक मसान्त सम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ ।

कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कार्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले बताए ।

पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ । यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्य भन्दा पनि बढी राजस्व उठने कार्यालयको दावी छ ।

यो कार्यालयले चालू आर्थिक वर्षमा ७ अर्ब ८७ करोड २ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ११ : ४२ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा