४ चैत्र २०८२, बुधबार | March 18, 2026

अमेरिकामा कोरोनाविरुद्धको खोप सोमबारदेखी लगाउन शुरु गरिने



एजेन्सी । अमेरिकामा फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप सोमबारबाट लगाउन शुरु गरिने भएको छ ।

खोपको पहिलो ३० लाख डोज उपलब्ध भइसकेको अमेरिकी अधिकारीहरुले बताएका छन । ती खोप सबै राज्यमा उपलब्ध हुने र प्राथमिकताका आधारमा दिइने छ ।

यो खोप कोरोनाभाइरस विरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै अमेरिकी नियामक संस्था फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए० ले सुरक्षित भएको जनाएको छ ।

कोरोना महामारीको संकटबीच यो खोपले स्वीकृति पाउनुलाई निकै महत्वका साथ हेरिएको छ । यो खोपलाई स्वीकृति दिनका लागि दवाब परिरहेको बेला गत शुक्रबार एफडीएले अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

जाडो शुरु भएसँगै अमेरिकामा कोरोना भाइरसको संक्रमण बढेको छ । शनिबार मात्र अमेरिकामा दुई लाख १५ हजार नयाँ संक्रमित थपिएका छन् । दुई हजार २८६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सक्रिय संक्रमितको संख्या करीब ६६ लाख पुगिसकेका छन् । मृतकको संख्या तीन लाख पाँच हजार पुगेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : ४३ बजे

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना