२ पुस २०८२, बुधबार | December 17, 2025

संवैधानिक परिषदको बैठक आज साँझ ५ बजे पुनः डाकियो, मन्त्रिपरिषद बैठक जारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा कोरम नपुगेर स्थगित भएपछि ओलीले परिषदको अर्को बैठक आजै सांझ ५ बजेका लागि डाकेका छन् । बिहान ९ बजेका लागि बोलाईएको बैठकमा सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि कोरम नपुगेर स्थगित भएको थियो ।

बैठक स्थगित गरेर प्रधामन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी हुन अर्को बैठक कक्षमा गएका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित प्रधानन्यायाधिस चोलेन्द्र सम्सेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमील्सिना बालुवाटारबाट बाहिरिएका थिए ।

आकस्मिकरुपमा बोलाईएको मन्त्रिपरिषदको बैठकमा संवैधानिक परिषदको बैठकको एजेण्डा तय गरिनुका साथै केहि महत्वपूर्ण निर्णयहरु हुने अनुमान गरिएको छ । पार्टी भित्र सहमती कायम नगरि बोलाईएको आज साँझ बोलाईएको बैठकमा पनि सभामुख सापकोटा उपस्थित हुने सम्भावना कम रहेको सापकोटा निकट श्रोतले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १२ : ४७ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि