८ पुस २०८२, मंगलबार | December 24, 2025

डोटीको पूर्वी क्षेत्रमा व्यावसायिक कालिज पालन सुरु



डोटी । डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका-५ धिर्कामाण्डौंमा व्यावसायिक रुपमा काजिलपालन सुरु गरिएको छ ।

स्थानीयवासी युवा देवबहादुर बोहरासहितका चार जनाले संयुक्त रुपमा कालिज बहुउदेश्यीय फार्म खोली व्यावसायिक रुपमा कालिजपालन सुरु गरेका हुन ।

काठमाडौं र कैलालीबाट कालिजका चल्ला ल्याएर गाउँमा फार्म खोली उनीहरुले व्यवसाय सुरु गरेका छन् । रु २१ लाख ९७ हजार लागतमा ५ सय चल्ला राखेर कालिजपालन सुरु गरिएको सञ्चालक बोहराले बताए । उनले भने,“चार जना मिलेर कालिजपालन व्यवसाय सुरु गरेका छौँ, राम्रै फष्टाउने आस गरेकाछौँ ।”

उक्त फार्मले निकट भविष्यमा ‘ह्याचरी’ सुरु गर्ने तयारी गरेको सञ्चालक बोहराको भनाइ छ । धिर्कामाण्डौं गाउँको डाँडा घेरबार गरेर कालिजपालन व्यवसाय सुरु गरिएपछि अहिले उनको फार्ममा कालिज हेर्न तथा किन्न आउनेको भीड बढ्न थालेको स्थानीयवासी गणेश बमले बताए । उनले भने, “हामीले जङ्गलमा मात्रै कालिज देखेका थियौँ, अहिले देबबहादुरले घरैमा कालिजपालन सुरु गरेपछि किन्न र कालिज हेर्नकै लागि भए पनि स्थानीयवासीको भीड बढ्ने गरेको छ ।”

कालिज व्यवसाय फष्टाउँदै गए फार्मको थप विस्तारसँगै यहाँका मुख्य शहरमा कालिज रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको बोहराले बताए । उनले थप भने,“गाउँमा कालिज हुर्काउने, पालन गर्ने काम गर्छौँ, दिपायल वा कैलालीमा कालिज रेष्टुरेन्ट स्थापना गरेर कालिज पारखीलाई सेवा दिने छौँ ।” कालिजपालक किसान बोहराले हाल प्रति एक केजीको भाले कालिज रु तीन हजारमा बिक्री गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लापछि डोटीमा पनि कालिजपालन सुरु गरिएको हो । कालिजपालन व्यवसाय गर्ने बोहरा सुदूरपश्चिम प्रदेशकै दोस्रो किसान भएको पशुसेवा विज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहले जानकारी दिए ।

नेपालमा कालिजपालन नयाँ व्यवसाय भएको र जिल्लाको ग्रामीण क्षेत्रमा किसानले ठूलो लगानी लगाएर कालिजपालन गर्नु प्रशंसनीय कार्य भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।

उनले भने, “नेपालमा कालिजपालन व्यवसाय नौलो हो, गाउँमा युवाहरुले ठूलो लगानीमा उक्त व्यवसाय शुरु गरेका छन्, गाउँपालिकाले पनि आफ्नो तर्फबाट कालिजको बजारीकरणदेखि अन्य गर्नसक्ने सहयोग गर्ने छ ।” डोटीमा कालिजपालन नौलो व्यवसाय भएका कारण कालिजपालनले राम्रो आम्दानीसहित आयस्रोतको उच्च सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।

उनले भने, “कुखुरापालनका लागि त अनुदान मिल्छ भने कालिजपालनका लागि पनि हामी अवश्य सहयोग गर्ने छौँ, व्यवसाय फष्टाउनु प¥यो ।” प्रदेश तथा स्थानीय सरकारले यहाँका युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको थालनी गरिन थालिएको संविधानसभा सदस्य यज्ञराज पाठकले बताए ।

उनले भने,“प्रदेश तथा स्थानीय सरकारले युवा लक्षित गरी ल्याएको कार्यक्रम प्रभावकारी छ, जसले गर्दा बेरोजगार भएका युवा स्वरोजगार हुने तथा आर्थिकस्थिति बलियो बन्ने देखिन्छ ।” रासस

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : ४४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना