७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुढिगंगा नदीमा बेलिब्रिज निर्माण कार्य सुरु



बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडकखण्डअन्तर्गत जडाङ्गमा नदीमा बेलिब्रिज निर्माण कार्य सरु भएको छ ।

सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो ।

ठेक्का M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali ले पाएको थियो ।

कम्पनी सामान ढुवानी गरेर बेलिब्रिज निर्माण सरु गरिसकेको सडक डिभिजन साँफे बगरका प्रमुख ललित खनालले वताएका छन् ।

बेलिब्रिज निर्माण कार्य शुरु भइसकेको छ। बेलिव्रिजको निर्माण कार्य एक महिना भित्र सक्ने डिभिजन प्रमुख खनालले बताएका छन् । कैलालीको गोदावरीमा मौज्जात रहेको बेलिब्रिजको सामान ढुवानी भएर फाउन्डेसन निर्माण कार्य शुरु भइसकेको सडक बिभागले बताएको छ ।

सदरमुकाम मार्तडी सम्म चाडो भन्दा चाडो गाडी पुयाउनका लागि आफुहरू लागि परेका छौ, चाडै सम्पन्न् गर्ने खनालले बताएका छन् ।

साउन २५ गते राति बुढिगंगा नदीमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण शुरु गरेको सडक डिभिजन कार्यलय साँफे बगरले बताएका छन् ।

बेलिब्रिज बगाँउदा सामान ढुवानी गर्न समस्या भएको थियो । बेलिब्रिजका लागि धेरै हारगुहार पछि बल्ल निर्माण हुन लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।

साउन २५ को बाढिले बाजुरामा बाढिले बेलिब्रिजसँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरा नै क्षतविच्छेद बनाएको १ हप्तापछि संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, पुर्वमन्त्री कर्ण थापा, संघीय सांसद लाल बहादुर थापा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रीको टोलीले अनुगमन गरेको थियो ।

त्यसको केही समयमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टसहितको टोलीले बाढीपहिरो अबस्थाको अध्ययन गरेको थियो ।

संघीय सरकार र प्रदेश सरकारका उच्च व्यक्तिहरुको भम्रणको बेला बेलिबिज्र बगाएको ठाँउमा चाडै बेलिबिज्र बनाउने आश्वासन दिएका थिए । तर, प्रक्रियामा लिम्दा र ठेक्का खोल्नुपर्ने भएकाले अलि ढिला भएको सडक विभागले वताएको छ ।

सरकारका उच्च अधिकारी आएको बेला त चाँडै निर्माण गर्छौ बेलिबिज्र भनेका हुन, तर अलि ढिला भएपनि बेलिब्रिज बन्ने भएपछि बाजुराबासी खुशी भएका छन् । २५ गते राति आएको बाढीले बुढिगंगा नदीमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत बताएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ३ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल