१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुढिगंगा नदीमा बेलिब्रिज निर्माण कार्य सुरु



बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडकखण्डअन्तर्गत जडाङ्गमा नदीमा बेलिब्रिज निर्माण कार्य सरु भएको छ ।

सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो ।

ठेक्का M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali ले पाएको थियो ।

कम्पनी सामान ढुवानी गरेर बेलिब्रिज निर्माण सरु गरिसकेको सडक डिभिजन साँफे बगरका प्रमुख ललित खनालले वताएका छन् ।

बेलिब्रिज निर्माण कार्य शुरु भइसकेको छ। बेलिव्रिजको निर्माण कार्य एक महिना भित्र सक्ने डिभिजन प्रमुख खनालले बताएका छन् । कैलालीको गोदावरीमा मौज्जात रहेको बेलिब्रिजको सामान ढुवानी भएर फाउन्डेसन निर्माण कार्य शुरु भइसकेको सडक बिभागले बताएको छ ।

सदरमुकाम मार्तडी सम्म चाडो भन्दा चाडो गाडी पुयाउनका लागि आफुहरू लागि परेका छौ, चाडै सम्पन्न् गर्ने खनालले बताएका छन् ।

साउन २५ गते राति बुढिगंगा नदीमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण शुरु गरेको सडक डिभिजन कार्यलय साँफे बगरले बताएका छन् ।

बेलिब्रिज बगाँउदा सामान ढुवानी गर्न समस्या भएको थियो । बेलिब्रिजका लागि धेरै हारगुहार पछि बल्ल निर्माण हुन लागेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।

साउन २५ को बाढिले बाजुरामा बाढिले बेलिब्रिजसँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरा नै क्षतविच्छेद बनाएको १ हप्तापछि संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, पुर्वमन्त्री कर्ण थापा, संघीय सांसद लाल बहादुर थापा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रीको टोलीले अनुगमन गरेको थियो ।

त्यसको केही समयमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टसहितको टोलीले बाढीपहिरो अबस्थाको अध्ययन गरेको थियो ।

संघीय सरकार र प्रदेश सरकारका उच्च व्यक्तिहरुको भम्रणको बेला बेलिबिज्र बगाएको ठाँउमा चाडै बेलिबिज्र बनाउने आश्वासन दिएका थिए । तर, प्रक्रियामा लिम्दा र ठेक्का खोल्नुपर्ने भएकाले अलि ढिला भएको सडक विभागले वताएको छ ।

सरकारका उच्च अधिकारी आएको बेला त चाँडै निर्माण गर्छौ बेलिबिज्र भनेका हुन, तर अलि ढिला भएपनि बेलिब्रिज बन्ने भएपछि बाजुराबासी खुशी भएका छन् । २५ गते राति आएको बाढीले बुढिगंगा नदीमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत बताएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ३ : ३२ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा