१ पुस २०८२, मंगलबार | December 16, 2025

ओली पक्षका नेता र सांसदहरुको बैठक बालुवाटारमा जारी



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट नेताहरु र सांसदहरुसँग बालुवाटारमा बैठक गरेका छन् ।

बैठकमा नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टीभित्रको अवस्था र संसद विघटन गर्नुपर्नाको कारणबारे आफु निकटहरुलाई ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेपछि सत्तारुढ नेकपा फुटको अवस्थामा पुगेको छ । राष्ट्रपतिले प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी बैशाख १७ र २७ गतेका लागि तोकेकी छिन् ।

बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले (ओली पक्ष अनुपस्थित) ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव पारित गरेको थियो ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले आजै दिउँसो १ बजे संसदको लोत्से हलमा सांसदहरुको भेला आयोजना गरेको छ ।

 

 

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज