३१ भदौ २०८३, बुधबार | September 16, 2026

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् ।

आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरे ।

अहिलेको संकटको शृजना कम्युनिस्ट र काङ्ग्रेसबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भब नभएको भन्दै थापाले सबै राष्ट्रबादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भइ अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले काङ्ग्रेस कम्युनिस्टले मुलुक संचालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको बिचार ब्यक्त गरे । राजसंस्था र हिन्दुराष्ट्लाई पुनर्स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सकृयताको आबश्यकता भएको समेत राणाको भनाई थियो ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनिले संसदको विघटन अलोकतान्त्रिक र असम्बैधानिक भएको भन्दै सर्बोच्च अदालतको फैसला कुर्नुपर्ने बताए ।

उनले मुलुकलाई असफताको बाटोमा लान खोजिएको त्यो हुन नदिन राप्रपा बलियो हुनु पर्ने बताए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पौष १७ गते काठमाडौंमा हुने प्रदर्सनको खाका प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ३ : ०१ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज