१ पुस २०८२, मंगलबार | December 17, 2025

माइतीघरमा नेकपा सांसदहरुको प्रदर्शन, प्रचण्ड-नेपालको छातीमै टाँसियो नारा – ‘हामी यहाँ छौं’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट बहुमत सांसदहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि औपचारिक रुपमै फुटिसकेको नेकपाका बहुमत केन्द्रीय सदस्य र सांसदहरुले सांसदहरु जिउँदै रहेको भन्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा निवेदन दिनका लागि माइतिघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले गरेका छन् ।

बिहान साढे ९ बजेदेखि आयोजित प्रदर्शनमा नेताहरुले छातीमा हामी यहीँ छौं नारा लेखिएको प्लेकार्ड टाँसेका छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै नाराबाजी समेत गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : ४७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष