१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध आज अविश्वासको प्रस्ताव आउने, तीन मन्त्रीले दिए राजीनामा



काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य भीम आचार्यको नाम मुख्यमन्त्रीका लागि प्रस्तावित गर्दै प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राई विरुद्ध आज (आइतबार) अविश्वास प्रस्ताव दर्ता हुने निश्चित भएको छ ।

प्रचण्ड-नेपाल पक्षले आइतबार कार्यालय खुले सँगै मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेको प्रदेश नम्बर १ का एक सांसदले बताए ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने निश्चित भएपछि प्रदेश १ को प्रदेश सरकारमा नेकपा प्रचण्ड-नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको नेकपा प्रचण्ड-नेपाल पक्षको उच्च स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेको भएपनि उनले त्यसलाई अस्वीकार गर्दै प्रचण्ड–नेपाल पक्षमा बस्ने निर्णय गरेकी थिइन् ।

यसअघि शनिबार साँझ मात्रै मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए।

अविश्वास प्रस्तावमा प्रचण्ड-नेपाल समूहका ४४ सांसदको समर्थन रहेको बताईएको छ। प्रस्ताव पारित गराउन भने ४७ मत आवश्यक पर्छ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ४७ बजे

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको