१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध आज अविश्वासको प्रस्ताव आउने, तीन मन्त्रीले दिए राजीनामा



काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य भीम आचार्यको नाम मुख्यमन्त्रीका लागि प्रस्तावित गर्दै प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राई विरुद्ध आज (आइतबार) अविश्वास प्रस्ताव दर्ता हुने निश्चित भएको छ ।

प्रचण्ड-नेपाल पक्षले आइतबार कार्यालय खुले सँगै मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेको प्रदेश नम्बर १ का एक सांसदले बताए ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने निश्चित भएपछि प्रदेश १ को प्रदेश सरकारमा नेकपा प्रचण्ड-नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको नेकपा प्रचण्ड-नेपाल पक्षको उच्च स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेको भएपनि उनले त्यसलाई अस्वीकार गर्दै प्रचण्ड–नेपाल पक्षमा बस्ने निर्णय गरेकी थिइन् ।

यसअघि शनिबार साँझ मात्रै मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए।

अविश्वास प्रस्तावमा प्रचण्ड-नेपाल समूहका ४४ सांसदको समर्थन रहेको बताईएको छ। प्रस्ताव पारित गराउन भने ४७ मत आवश्यक पर्छ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ४७ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई