१५ असार २०८३, सोमबार | June 29, 2026

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

अविश्वासको प्रस्तावको प्रस्तावकमा मुख्यमन्त्री राईले शनिबार मात्रै पदमुक्त गरेका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो छन् । यस्तै, समर्थकमा लक्ष्मण तिवारी रहेका छन् ।

३६ जना सदस्यहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । केही सांसदले हस्ताक्षर गर्न बाँकी रहेको प्रचण्ड–नेपाली पक्षीय नेताहरुले बताएका छन् ।

नेकपाको केन्द्रमा विभाजन आएपछि त्यसको प्रभाव प्रदेशमा देखिएको हो । केपी ओली पक्षीय मुख्यमन्त्री विरुद्ध प्रचण्ड–नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रदेश १ मा ९३ जना सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसद रहेकोमा मुख्यमन्त्री राईको पक्षमा २० जनामात्रै सांसद रहेका छन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भैसकेको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १० : ५८ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै