२ पुस २०८२, बुधबार | December 17, 2025

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

अविश्वासको प्रस्तावको प्रस्तावकमा मुख्यमन्त्री राईले शनिबार मात्रै पदमुक्त गरेका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो छन् । यस्तै, समर्थकमा लक्ष्मण तिवारी रहेका छन् ।

३६ जना सदस्यहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो । केही सांसदले हस्ताक्षर गर्न बाँकी रहेको प्रचण्ड–नेपाली पक्षीय नेताहरुले बताएका छन् ।

नेकपाको केन्द्रमा विभाजन आएपछि त्यसको प्रभाव प्रदेशमा देखिएको हो । केपी ओली पक्षीय मुख्यमन्त्री विरुद्ध प्रचण्ड–नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रदेश १ मा ९३ जना सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसद रहेकोमा मुख्यमन्त्री राईको पक्षमा २० जनामात्रै सांसद रहेका छन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भैसकेको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १० : ५८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन