३ चैत्र २०८२, मंगलबार | March 17, 2026

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

दिउँसो एक बजे केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने स्रोतले जानकारी दिएको छ । पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो । त्यसपछि आज बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि चुनावमा जाने वा सडक संघर्षबाट निर्णयमा पुग्ने भन्नेमा कांग्रेस विभाजित भएको छ ।

सभापति शेरबहादुर देउवा यो विषय सर्वोच्चमा विचाराधीन रहेको र फैसला कुर्नुपर्ने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सडक तताउनुपर्नेमा जोड दिएको छ ।

उक्त कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक पनि भनेको छ। गत पुस १३ गते कांग्रेसले प्रधानमन्त्री ओलीको उक्त कदमबारे १६५ वटै निर्वाचन क्षेत्रबाट विरोध गरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ४८ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी