१५ असार २०८३, सोमबार | June 29, 2026

प्रचण्ड–नेपाल पक्षद्वारा ओलीपक्षीय पोखरेल र गुरुङ प्रदेश इन्चार्जबाट हटाइए



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेश इन्चार्ज हेरफेर गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्जबाट शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङलाई हटाएको हो । बैठकले अब लुम्बिनीमा युवराज ज्ञवाली र गण्डकीमा देवेन्द्र पौडेललाई प्रदेश इन्चार्ज तोकेको छ ।

यसअघि, ओली पक्षको नेकपाले पनि प्रचण्ड–नेपाल पक्षीय प्रदेश इन्चार्जहरुलाई हटाएर आफ्ना नेताहरुलाई जिम्मेवारी दिएको थियो ।

बैठकले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम विरुद्ध घोषणा गरिएको दोस्रो चरणको देशव्यापी आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि गरेको छ। यसैगरी प्रतिगमन विरुद्धको आन्दोलन र संगठनको कामलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठकले आन्दोलनलाई शसक्त बनाएर लैजाने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजानिक गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलन शसक्त तर शान्तिपूर्ण हुने जानकारी दिए ।

प्रचण्ड-नेपाल पक्षले आन्दोलनलाई व्यवस्थित र शसक्त बनाउ प्रवक्ता श्रेष्ठको संयोजकत्वमा रहेको आन्दोलन परिचालन सकितिलाई विस्तार गर्दै सह-संयोजकहरु तोकेको प्रवक्ता श्रेष्ठले बताए । सह-संयोकहरुमा नेताहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई तोकिएको छ ।

पार्टी एकिकरणको कामलाई पुरा गर्न अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा रहेको कार्यदललाई विस्तार गर्दै कार्यदलमा अस्टलक्ष्मी शाक्य, गिरीराजमणी पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेतलाई कार्यदलको सदस्यमा थप गरिएको छ । कार्यदलले जन वर्गिय संगठनका संयोजक तथा साँगठानीक ढांचा सहित पार्टी एकताका बाँकी काम पुरा गर्ने बिधिको बिषयमा ७ दिन भित्र पार्टीलाई सुझाव प्रस्तुत गर्ने श्रेष्ठले बताए ।

 

 

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ०३ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै