१६ माघ २०८२, शुक्रबार | January 31, 2026

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा पाँच लाख ४९ हजार ६१५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा आठ हजार ९४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड १२ लाख ७५ हजार ९६७ र मृत्यु हुनेको संख्या १९ लाख ५१ हजार ९३३ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ८८ हजार ९६३ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ७५२ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १२ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४६ हजार १६९, इटलीमा १२ हजार ५३२, ब्राजिलमा २८ हजार ४३, जर्मनीमा ११ हजार ७६५, रसियामा २३ हजार ३१५, दक्षिण अफ्रिकामा १५ हजार ४६, फ्रान्समा तीन हजार ५८२, कोलम्बियामा १५ हजार तथा इरानमा ६ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : ३६ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी