१ भदौ २०८३, सोमबार | August 17, 2026

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा पाँच लाख ४९ हजार ६१५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा आठ हजार ९४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड १२ लाख ७५ हजार ९६७ र मृत्यु हुनेको संख्या १९ लाख ५१ हजार ९३३ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ८८ हजार ९६३ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ७५२ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १२ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४६ हजार १६९, इटलीमा १२ हजार ५३२, ब्राजिलमा २८ हजार ४३, जर्मनीमा ११ हजार ७६५, रसियामा २३ हजार ३१५, दक्षिण अफ्रिकामा १५ हजार ४६, फ्रान्समा तीन हजार ५८२, कोलम्बियामा १५ हजार तथा इरानमा ६ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : ३६ बजे

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान