१ पुस २०८२, मंगलबार | December 16, 2025

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ४६ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ४६ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १५ हजार ४०९ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या नौ करोड १९ लाख ७१ हजार ५२० र मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख १० हजार ८८१ जना रहेका छन् । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण चार हजार ५८ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १४ हजार ८९८ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १७८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४५ हजार ५३३, इटलीमा १४ हजार २४२, ब्राजिलमा ६१ हजार ८०४, जर्मनीमा १६ हजार ४१५, रसियामा २२ हजार ९३४, दक्षिण अफ्रिकामा १३ हजार १०५, फ्रान्समा १९ हजार ७५२, कोलम्बियामा १४ हजार १७९ तथा इरानमा ६ हजार ४०८ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज