१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रचण्ड-नेपाल पक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज दिउँसो बस्दैछ ।

जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयीय राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । प्रचण्ड नेपाल पक्ष झण्डै १ महिनादेखि सरकार विरुद्ध आन्दोलनमा सडकमा रहेको छ ।

बैठकमा आन्दोलनका कार्यक्रमहरुबारे छलफल हुने बुझिएको छ । यससँगै देशभर भैरहेको कार्यकर्ता भेला, प्रशिक्षण लगायतका विषयमा समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुन सक्ने एक स्थायी कमिटी सदस्यले बताए । यद्यपी, स्थायी कमिटी सदस्यहरुलाई एजेण्डाबारे अहिलेसम्म केही बताइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेकै दिनदेखि नेकपामा प्रचण्ड–नेपाल र ओली पक्षको अलग अलग बैठक बस्न थालेको थियो ।

पुष ५ गते बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्दै अध्यक्ष् पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि दुवै नेकपा डिफयाक्टो विभाजन भएको छ । निर्वाचन आयोगले अहिलेसम्म पार्टीको वैधानिकता बारे निर्णय गर्न नसकेका कारण डिजुरे नेकपा भने कायमै रहेको छ ।

 

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  १२ : ५९ बजे

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन