१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैनन् : माधव नेपाल



घोराही । नेकपा प्रचण्ड(नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही नभएको बताएका छन् । प्रेस संगठनले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले नेपालले प्रचण्ड इमान्दारीता र निष्ठावान नेता भएको बताए ।

अध्यक्ष नेपालले प्रचण्ड र आफूप्रति अविश्वास सिर्जना गर्ने र भ्रम छर्न केपी ओली पक्षले प्रयास गरिरहेको बताउँदै आफुहरु बीच कुनै अविश्वास र असमझदारी नभएको स्पष्ट पारे ।

ओलीको असंवैधानिक कदमको जनताले साथ नदिने दाबी गर्दै अध्यक्ष नेपालले नेकपाको मुल पार्टी आफूहरु भएको बताए । उनले ओली पक्षलाई पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न पनि चेतावानी दिए ।

नेपालले संसद विघटनको चारैतिर विरोध भएपछि ओली सबैतिरबाट एक्लिदै गएको बताउँदै विपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको पनि नेता नेपालले जानकारी दिए ।

ओलीको असंवैधानिक कदमले प्रतिगमनलाई फाइदा पुगेको र संविधान विरोधि शक्तिको चलखेल बढेको अध्यक्ष नेपालले जिकिर गरे ।

नेता वामदेव गौतमको नाम नलिइ उनीप्रति संकेत गर्दै नेता नेपालले अवको पार्टी एकता अभियान बालुवा पेलेर तेल निकाल्छु भने जस्तै भएको टिप्पणी गरे। ओली पक्षले सडकमा भेटेजती सबैलाई केन्द्रीय सदस्य बनाएको भन्दै इमान्दार कार्यकर्ता पदको पछि नलाग्ने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र कृष्णबहादुर महराको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १ : २७ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट