१ भदौ २०८३, सोमबार | August 17, 2026

प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही छैनन् : माधव नेपाल



घोराही । नेकपा प्रचण्ड(नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही नभएको बताएका छन् । प्रेस संगठनले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले नेपालले प्रचण्ड इमान्दारीता र निष्ठावान नेता भएको बताए ।

अध्यक्ष नेपालले प्रचण्ड र आफूप्रति अविश्वास सिर्जना गर्ने र भ्रम छर्न केपी ओली पक्षले प्रयास गरिरहेको बताउँदै आफुहरु बीच कुनै अविश्वास र असमझदारी नभएको स्पष्ट पारे ।

ओलीको असंवैधानिक कदमको जनताले साथ नदिने दाबी गर्दै अध्यक्ष नेपालले नेकपाको मुल पार्टी आफूहरु भएको बताए । उनले ओली पक्षलाई पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न पनि चेतावानी दिए ।

नेपालले संसद विघटनको चारैतिर विरोध भएपछि ओली सबैतिरबाट एक्लिदै गएको बताउँदै विपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको पनि नेता नेपालले जानकारी दिए ।

ओलीको असंवैधानिक कदमले प्रतिगमनलाई फाइदा पुगेको र संविधान विरोधि शक्तिको चलखेल बढेको अध्यक्ष नेपालले जिकिर गरे ।

नेता वामदेव गौतमको नाम नलिइ उनीप्रति संकेत गर्दै नेता नेपालले अवको पार्टी एकता अभियान बालुवा पेलेर तेल निकाल्छु भने जस्तै भएको टिप्पणी गरे। ओली पक्षले सडकमा भेटेजती सबैलाई केन्द्रीय सदस्य बनाएको भन्दै इमान्दार कार्यकर्ता पदको पछि नलाग्ने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र कृष्णबहादुर महराको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १ : २७ बजे

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको