२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् ।

आफु निकट नुवाकोटका अगुवा कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले पार्टी कमिटी पुनर्गठन गर्न निर्देशन दिएका हुन् ।

ओलीले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । ओलीले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।’

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे। उनले भने, “हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।”

नेकपामा गत पुष ५ गतेदेखि विभाजन आएपछि एक पक्षको नेतृत्व ओलीले गर्दै आएका छन् । अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् ।

प्रचण्ड नेपाल पक्षले ओलीलाई साधारणसदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गर्न ३ दिने स्पष्टीकरण पत्र सोमबार बालुवाटारमा पुगेर बुझाएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ३ : ४७ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम