४ चैत्र २०८२, बुधबार | March 18, 2026

रवि लामिछाने न्युज २४ टेलिभिजनबाट बाहिरिए



काठमाडौं । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ का सञ्चालक रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन ।
फेसबुकमार्फत लामिछानेले भोलिबाट न्यूज २४ बाट विश्राम लिएको जानकारी गराएका छन ।

कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत जनजनको मनमा बस्न सफल प्रस्तोता लामिछाने निकट भविष्यमा प्रसारण हुने अर्को टेलिभिजनमार्फत अगाडि आउने स्रोतले बताएको छ ।

भोलि प्रसारण हुने कार्यक्रमसँगै न्यूज टेलिभिजनसँगको सुखद सहयात्राबाट विश्राम लिएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ । यो साथ, सहयोग र अवसरका लागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु ।

मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल र निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : ३६ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी