४ चैत्र २०८२, बुधबार | March 18, 2026

पछिल्लो २४ घण्टामा विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ४६ हजार चार सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । योसँगै विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या नौ करोड ८७ लाख नौ हजार नौ सय ४३ पुगेको छ ।

सोही अवधिमा कोरोना संक्रमणका कारण १५ हजार सात सय ५६ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितमध्ये २१ लाख १४ हजार पाँच सय ७८ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा रहेका संक्रमितमध्ये सात करोड आठ लाख ९२ हजार पाँच सय ९५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन । बाँकी दुई करोड ५७ लाख दुई हजार सात सय ७० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन । नेपालमा हालसम्म दुई लाख हजार ६८ हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

नेपालमा रहेका संक्रमितमध्ये एक हजार नौ सय ८६ जनाको मृत्यु भएको छ भने दुई लाख ६३ हजार तीन सय ४८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन । नेपालमा पहिलोपटक गत वर्ष (२०७६) को माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन । अमेरिकामा हालसम्म दुई करोड ५३ लाख ८८ हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण हालसम्म चार लाख २४ हजार एक सय ३४ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६ लाख ४० हजार पाँच सय ४४ पुगेको छ । भारतका संक्रमितमध्ये एक लाख ५३ हजार २९९ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमित धेरै हुने तेस्रो देश ब्राजिलमा कोरोना संक्रमित ८७ लाख ५५ हजार एक सय ३३ जना पुगेका छन्, जसमध्ये दुई लाख १५ हजार दुई सय ९९ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ । अमेरिकापछि क्रमशः भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली, टर्की, जर्मनी, कोलम्बिया, अर्जेन्टिनालगायत रहेका छन ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : २९ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा