२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रचण्ड-नेपाल नेकपाको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

मध्यान्ह १२ बजेपछि पेरिसडाँडामा बस्ने बैठकमा सरकार विरुद्ध जारी आन्दोलनको समीक्षा र पार्टी संगठनको विषयमा छलफल हुने एक नेताले बताए ।

शनिबार पनि पदाधिकारी र उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच अनौपचारिक छलफल भएको थियो ।

छलफलमा शुक्रबार भएको काठमाडौंको जनप्रदशन पछि मञ्चमा देखिएको असहजताबारे छलफल भएको थियो । केन्द्रीय संघर्ष समितिले तय गरेविपरित मञ्चको व्यवस्थापन भएको भन्दै प्रवक्ता श्रेष्ठले मञ्चमै सबैले देख्ने गरी असन्तुष्टि प्रकट गरेका थिए । हिजोको अनौपचारिक बैठकमा स्थायी कमिटीका एजेन्डाबारे सामान्य छलफल भएको थियो।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समुहमा विभाजित भैसकेको छ । एक समुहको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालल गरेका छन् भने अर्को समुहको नेतृत्व ओलीले गरेका छन् ।

दुवै समुहले एक अर्कालाई कारवाहीको प्रक्रिया अघि बढाएका छन् । प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट निस्काशन गरिसकसको छ । उनलाई पार्टीको साधारण सदस्यबाटै निस्काशन गर्नका लागि तीनदिने स्पष्टिकरण पनि सोधिएको छ । त्यसबारे पनि आजको स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ ।

यसैगरी महासचिव लगायत पदाधिकारीको चयनको विषयमा प्रचण्ड र नेपालबीच अझै सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ९ : ४७ बजे

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज