१६ असार २०८३, मंगलबार | June 30, 2026

जनसभालाई सम्बोधन गर्न प्रचण्ड-नेपाल पुगे धनगढी



धनगढी । पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल धनगढी पुगेका छन् ।

सुदुरपश्चि प्रदेशको राजधानी धनगढीमा आज आयोजना हुन लागेको जनसभालाई अध्यक्षद्वय प्रचण्ड र नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्ड शनिबार बिहान बुद्ध एयरको जहाजमार्फत धनगढी पुग्दा सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावल र नेताहरु एवं मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरुले स्वागत गरेका छन् । अर्का अध्यक्ष माधवकुमार नेपाल भने हिजै धनगढी पुगेका थिए ।

गत पुष ५ गते नेकपामा आएको विभाजनसँगै प्रचण्ड–नेपाल पक्षले सुदुरपश्चिम प्रदेशमा पहिलो विशाल सभा गर्न लागेको हो । यसअघि ओली पक्षले धनगढीमै सभा गरिसकेको छ ।

सभामा ५० हजार भन्दा बढीको जनसहभागिता हुने नेकपाले दाबी गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : ५७ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा