२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल



काठमाडौं । काठमाडौंको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले कमलपोखरीलाई संरक्षण र सुन्दर राख्ने उद्देश्यका साथ यहाँका संरचना भत्काइएको स्पष्ट पारे ।

अतिक्रमणमा परेको कमलपोखरी जोगाउने प्रयास २०४३ सालमै गुठी संस्थानले सुरु गरेको थियो । संस्थानका प्रवक्ता सरोज थपलियाले भने, “कमलपोखरीको किनार मिचेर बनाएका घरटहरा हटाउने सम्बन्धमा तत्कालीन राजा वीरेन्द्रबाट हुकुम प्रमाङ्गी भएको थियो ।

सोहीअनुसार राजाका प्रमुख सचिव रञ्जनराज खनालले सरकारका मुख्य सचिव कर्णध्वज अधिकारीलाई तीन महिनाभित्र कारबाही सम्पन्न गर्न निर्देशन दिएका थिए । अहिलेसम्म केही भएन । ”

सरकारका तत्कालीन मुख्य सचिव अधिकारीले अवकाश हुनुअघि कमलपोखरीको जग्गा व्यक्तिलाई दर्ता गराउन सहयोग गर्ने कर्मचारीलाई कारबाही गर्न दिएको निर्देशन अहिले पनि गुठी संस्थानसँग सुरक्षित छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : ०८ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा