२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ३९ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ३९ हजार दुई सय ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।

सोही अवधिमा कोरोनाका कारण विश्वमा १४ हजार चार सय २३ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ४३ लाख ७२ हजार एक सय १३ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २२ लाख ६१ हजार नौ सय ७० जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख १० हजार सात सय ८१ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ तीन हजार पाँच सय ९८ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप १६ हजार छ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार चार सय ४९ जनाको मृत्यु भएको छ ।
भारतमा ११ हजार जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा भारतमा एक सय १३ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ५६ हजार दुई सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार दुई सय ४० जनाको मृत्यु भएको छ ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार आठ सय ४० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय ३९ जनाको मृत्यु भएको छ ।

यस्तै, दक्षिण अफ्रिकामा दुई हजार छ सय ४९, कोलम्बियामा १० हजार ९१, मेक्सिकोमा पाँच हजार चार सय ४८, इरानमा छ हजार आठ सय २०, फ्रान्समा २३ हजार तीन सय ३७, स्पेनमा २९ हजार ६४, जर्मनीमा सात हजार छ सय २७, इटलीमा नौ हजार छ सय ६० तथा अर्जेन्टिनामा नौ हजार हजार छ सय ९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : १६ बजे

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ