४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ३९ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ३९ हजार दुई सय ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।

सोही अवधिमा कोरोनाका कारण विश्वमा १४ हजार चार सय २३ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ४३ लाख ७२ हजार एक सय १३ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २२ लाख ६१ हजार नौ सय ७० जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख १० हजार सात सय ८१ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ तीन हजार पाँच सय ९८ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप १६ हजार छ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार चार सय ४९ जनाको मृत्यु भएको छ ।
भारतमा ११ हजार जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा भारतमा एक सय १३ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ५६ हजार दुई सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार दुई सय ४० जनाको मृत्यु भएको छ ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार आठ सय ४० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने पाँच सय ३९ जनाको मृत्यु भएको छ ।

यस्तै, दक्षिण अफ्रिकामा दुई हजार छ सय ४९, कोलम्बियामा १० हजार ९१, मेक्सिकोमा पाँच हजार चार सय ४८, इरानमा छ हजार आठ सय २०, फ्रान्समा २३ हजार तीन सय ३७, स्पेनमा २९ हजार ६४, जर्मनीमा सात हजार छ सय २७, इटलीमा नौ हजार छ सय ६० तथा अर्जेन्टिनामा नौ हजार हजार छ सय ९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको