५ चैत्र २०८२, बिहिबार | March 19, 2026

संक्रमितको संख्या दैनिक ओरालो लाग्दो क्रममा



काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ ।

केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई सुखद रूपमा हेरिएको छ । यद्यपि चिकित्सकले सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक सय जनामध्ये ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १ लाख ७६ हजार ५३५ जना पुरुष र ९५ हजार १७२ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये ०.७४ प्रतिशत अर्थात् २ हजार ३५ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ जनाको कोरोना परीक्षण भएको छ ।

देशभर शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार १०८ जना रहेको छ । पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

यस्तै देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा छन् । ६४ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : १३ बजे

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण