४ पुस २०८२, शुक्रबार | December 19, 2025

पछिल्लो २४ घण्टामा विश्वभर चार लाख १९ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख १९ हजार पाँच सय ४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार नौ सय ६४ जनाको मृत्यु भएको छ ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६३ लाख २५ हजार नौ सय ४८ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २३ लाख १८ हजार आठ सय ४१ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार नौ सय ५५ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ दुई हजार छ सय ९५ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप १८ हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण आठ सय २८ जनाको मृत्यु भएको तथ्यांक छ ।
भारतमा ११ हजार नौ सय ४८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा भारतमा ७२ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ४८ हजार सात सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण नौ सय ४२ जनाको मृत्यु भएको तथ्यांक छ ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार छ सय २७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ९७ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा २० हजार पाँच सय ८६, दक्षिण अफ्रिकामा तीन हजार एक सय ४८, कोलम्बियामा आठ हजार पाँच सय ४७, मेक्सिकोमा १३ हजार ५१, इरानमा छ हजार नौ सय ८३, जर्मनीमा आठ हजार छ सय २८, इटलीमा १३ हजार चार सय ४२ तथा अर्जेन्टिनामा छ हजार छ सय ८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको