४ चैत्र २०८२, बुधबार | March 19, 2026

पछिल्लो २४ घण्टामा विश्वभर चार लाख १९ हजारभन्दा बढी संक्रमित थपिए



काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख १९ हजार पाँच सय ४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार नौ सय ६४ जनाको मृत्यु भएको छ ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६३ लाख २५ हजार नौ सय ४८ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २३ लाख १८ हजार आठ सय ४१ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार नौ सय ५५ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ दुई हजार छ सय ९५ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप १८ हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण आठ सय २८ जनाको मृत्यु भएको तथ्यांक छ ।
भारतमा ११ हजार नौ सय ४८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा भारतमा ७२ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ४८ हजार सात सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण नौ सय ४२ जनाको मृत्यु भएको तथ्यांक छ ।

रूसमा पछिल्लो २४ घण्टामा १६ हजार छ सय २७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ९७ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा २० हजार पाँच सय ८६, दक्षिण अफ्रिकामा तीन हजार एक सय ४८, कोलम्बियामा आठ हजार पाँच सय ४७, मेक्सिकोमा १३ हजार ५१, इरानमा छ हजार नौ सय ८३, जर्मनीमा आठ हजार छ सय २८, इटलीमा १३ हजार चार सय ४२ तथा अर्जेन्टिनामा छ हजार छ सय ८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : २६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन