३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रदेश १ प्रदेशसभा बैठक नेकपा ओली पक्षबाट अवरुद्ध, अविश्वासको प्रस्ताव पेश हुन सकेन



विराटनगर । संसदीय व्यवस्थाको नौलो प्रयोग अपनाउँदै प्रदेश नम्बर १ मा सत्तारुढ दलका सांसदहरुले संसद अवरुद्ध गरेका छन् । आज अपरान्ह सुरु भएको प्रदेश १ को प्रदेशसभा बैठक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केपी ओली पक्षले अवरुद्ध गरेको छ ।

संसद सचिवालयमा दर्ता भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको प्रस्ताव संसदमा पेश गर्ने कार्यसूचि सहित आइतबार दिउँसो अबेर सुरु भएको बैठक नेकपा ओली पक्षका सांसदहरुले अवरोध गरेका हुन् ।

ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सत्तारुढ दलका सांसदले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदलाई प्रवेश गर्न दिएको भन्दै वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन । तर सभामुखले डाकेको प्रदेशसभा कार्य व्यवस्था समितिको बैठकमा अविश्वासको प्रस्ताव पेश गरे लगत्तै संसद बैठक स्थगित गर्ने सहमती भएको थियो । सत्तारुढ नेकपा ओली पक्षका सांसदहरुले बैठकको सहमती विपरित संसद अवरुद्ध गरेका हुन् ।

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ५ : ४६ बजे

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका