१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

बुद्धज्योति लघुवित्तद्वारा कर्मचारीलाई तालिम



लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा केन्द्रिय कार्यालय रहेको बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई लघु कर्जा लगानी तथा असुली व्यवस्थापन सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ ।

तालिममा प्रशिक्षणमूलक मन्तव्य राख्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काले वित्तीय संस्थाको सफलताका लागि सबैभन्दा महत्वपुर्ण खम्बा मानव शक्ति भएकाले कर्मचारी स्वयम् संस्थाको बृहत्तर हितमा इमान्दारिताका साथ खट्नुपर्ने बताए । संस्था सबल र सदृढ भए मात्रै कर्मचारीको सेवा सुविधा पनि बृद्धि हुने र सामाजिक सुरक्षा पनि हुने प्रमुख कार्यकारी अधिकृत खड्काले स्मरण गराए । कर्मचारीमा पेशागत ज्ञान/सिप, लगनशिलता र लक्ष्य हुनुपर्नेमा खड्काले जोड दिए ।

तालिममा लघुवित्त क्षेत्रका अनुभवी ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेड,बुटवलका अधिकृत मधुसुदन पोख्रलेले सहजिकरण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी जस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगरपालिकामा केन्द्रीय कार्यालय रहेको एक मात्र लघु वित्त भएकाले कर्जा लगानीका प्रशस्त अवसर रहेको भन्दै असल ऋणी पहिचान गरी कृषि,पर्यटक,उद्योग लगायतका क्षेत्रमा लगानी गर्न सकिने सुझाएका थिए ।

संस्थाका अधिकृत दिनेश पासीको संचालामा सम्पन्न उक्त कार्यक्रममा सहायक अधिकृत विश्वजित चौधरीले स्वागत गरेका थिए । तालिममा संस्थाका करिब एकदर्जन कर्मचारीको सहभागिता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खड्काले कोरोना महामारी र अन्य कारणले अपेक्षाकृत प्रगति गर्न नसकेको संस्थाको वित्तीय अवस्थालाई निकट भविष्यमै उल्लेख्य सुधार गर्ने लक्ष्यसहित काम भयरहेको बताए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ५७ बजे

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा

पत्रकार गिरफ्तारी सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार लेखेकै आधारमा

पत्रकारमाथिको धरपकड रास्वपाको नीति र सिद्धान्तविपरीत : प्रवक्ता खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले समाचार

समाचार लेखेकै आधारमा पत्रकारमाथि प्रहरीको धरपकड, तीन पत्रकार नियन्त्रणमा

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकारमाथि धरपकड