५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रतिनिधिसभा विघटनविरुद्ध आजदेखि जवाफी बहस सुरु



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्‍च अदालतको संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने तयारी गरेका छन ।

विपक्षी सरकारी पक्षको बहस गत बिहीवार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापालगायतले जवाफी बहस गर्ने छन । अन्य १२ निवेदकका तर्फबाट क-कसले जवाफ दिने भन्ने इजलासबाट समय दिएपछि मात्र थाहा हुनेछ ।

जवाफी बहस सकिएपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने छ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : २६ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे