२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री ओली सर्वोच्च जाँदै



काठमाडौं । अदालतको अवहेलना गरेको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्दैछन् ।

ओलीले आफु विरुद्ध लागेको अवहेलना मुद्दाबारे लिखित जवाफ पेश गर्न लागेका हुन । ओलीमाथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको र संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनेको आरोप लागेको थियो । ओलीले अशिष्ठ र अमर्यादित अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

सोही इजलासले चार पूर्व प्रधानन्यायाधाीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

तर, बाटोको म्यादबाहेक एकसाताभित्र आफै अदालत उपस्थित हुने आदेशलाई सर्वोच्च प्रशासनले गत मंगलबारमात्रै प्रधानमन्त्री निवासमा तामेल गरेको थियो ।

पूर्वप्रधानन्यायाधीसहरुले यसअघि नै लिखित जवाफ पेश गरिसकेका छन् । पूर्वप्रधानन्यायाधीसहरुले अदालतमा आफै म्याद बुझी लिखित जवाफ पेश गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए ।

 

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ११ : ३१ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष