८ बैशाख २०८१, शनिबार | April 20, 2024

आज विराटनगरमा ओली नेकपाको शक्तिप्रदर्शन, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभालाई सम्बोधन गर्न प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् ।

ओली नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रधामन्त्री ओलीसहितको शिर्ष नेताको टोली विराटनगर जान लागेको हो ।

संसद विघटनबारे प्रष्ट पार्न, विपक्षी प्रचण्ड नेपाल नेकपाको शक्ति प्रदर्शनलाई काउन्टर गर्न र चुनावको तयारी गर्नैका लागि सत्तापक्षीय ओली नेकपाले देशका विभिन्न स्थानमा बृहत सभा गर्दै आएको छ ।

विराटनरको सभालाई ओलीसहित गृहमन्त्री रामबहादुर थापा, सुवास नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा बढी भन्दा बढी मानिस जुटाउन ओली पक्षीय नेताहरुले केही दिन यता दौडधुप गरिरहेका छन् । सभामा कम्तिमा २ लाख जनसहभागिता हुने ओली नेकपाको दाबी छ ।

यसअघि गत माघको तेस्रो साता प्रचण्ड नेपाल पक्षले विराटनगरमा बृहत विरोध प्रदर्शन र सभा गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : १६ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन