५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आफन्तकै छैन भर : अधिकांश बलात्कार परिवार र चिनजान कै बाट



काठमाडौं । २०७४-७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए ।

२०७५-७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटा चिनेजानेकै र ५ सय ३२ वटा चिनजानबाहिरका व्यक्तिको संलग्नता भेटियो ।

२०७६-७७ मा २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटा चिनेजानेकै व्यक्ति संलग्न भएको पाइयो ।

२०७७-७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन् ।

हाडनाताभित्र पर्ने हजुरबुबा, बुबा/झड्केलो बुबा, ससुरा, काका, मामा, ठूलोबुवा, ठूलोबुवाका छोरा, मामाका छोरा, देवर, जेठाजु, श्रीमान्, भदासम्म बलात्कारमा संलग्न रहेको देखिन्छ । त्यसैगरी घरमालिक, केटासाथी, छिमेकी, भिनाजु, शिक्षक पनि संलग्न देखिन्छन् ।

त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङ नैतिक शिक्षा अभावका कारण हाडनाता करणीका घटना बढ्दै गएको बताउँछन् । ‘पहिला मानिसमा नैतिक चेतना हुनुपर्‍यो। यो काम ठीक र यो काम बेठीक भनेर छुट्याउन नसक्ने कोही पनि सामाजिक प्राणी हुनै सक्दैन’, विभाग प्रमुख चेम्जोङ भन्छन्, ‘मानिसहरू विलासितामा रमाउँदै गर्दा उसमा नैतिक चेतनाको ह्रास पैदा हुन थाल्यो। जसले राम्रा र नराम्रा काम छुट्याउनै सकेन ।’

नैतिक शिक्षा पाठ्यक्रमबाट हटेपछि व्यक्तिले नैतिक ज्ञान, समाज के हो ? समाजमा कसरी बस्नुपर्छ ? जस्ता ज्ञानवद्र्धक कुरा विद्यालयस्तरबाटै सिक्ने मौका गुमाएको चेम्जोङ बताउँछन् ।

प्रहरी केन्द्रीय प्रवक्ता कुँवर प्रहरी-समुदाय साझेदारी कार्यक्रममार्फत चेतना अभिवृद्धि गराउँदा पनि समाज अझै रुपान्तरण हुन नसकेको बताउँछन् । ‘हामीले बलात्कार मात्रै होइन, महिला, बालबालिकाविरुद्ध आपराधिक घटना हुन नदिन धेरै पटक गाउँ-गाउँमा पनि सम्झाउने बुझाउने गरिसक्यौं’, प्रवक्ता कुँवर भन्छन्, ‘तर, घटना रोकिएको छैन। न्यूनीकरण भने भएको छ ।’ उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : १२ बजे

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ,

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले