१८ मंसिर २०७९, आइतबार | December 4, 2022

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक



काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।

बैठकमा सर्वोच्चको फैसलापछिको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेकपाका एक नेताले बताए । ती नेताका अनुसार आकस्मिक बैठक भएकाले एजेन्डाका विषयमा जानकारी दिइएको छैन ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए । मन्त्रिपरिषदको रिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचतकाे मिति घोषणा गरेकी थिइन ।

यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । त्यसमाथि लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो । यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ८ : १० बजे

समानुपातिकतर्फ एक करोड चार लाख मत गनियो, कसकाे कति ?

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ ।

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

गण्डकी । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल ।

एमाले नेता रिजाल भन्छन्- माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रले छिटोभन्दा

फिफा विश्वकप २०२२ : आज फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै

काठमाडौं । कतार फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार प्रिक्वाटरफाइनलका दुई

सेल्फीडाँडा बिर्साउने मालबासेको बीस घुम्ती सडक

भोजपुर । राजनीतिक र बौद्धिक क्षेत्रमा सशक्त रहेर पनि भौतिक