७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक



काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।

बैठकमा सर्वोच्चको फैसलापछिको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेकपाका एक नेताले बताए । ती नेताका अनुसार आकस्मिक बैठक भएकाले एजेन्डाका विषयमा जानकारी दिइएको छैन ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए । मन्त्रिपरिषदको रिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचतकाे मिति घोषणा गरेकी थिइन ।

यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । त्यसमाथि लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो । यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ८ : १० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल