८ माघ २०८२, बिहिबार | January 22, 2026

सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने ओली नेकपाको निर्णय



काठमाडौं । ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालुवाटारमा आज बसेको ओली पक्षको स्थायी कमिटी बैठकले अदालतले तोकेको समयसीमा भित्रै संसदको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको बताए । ज्ञवालीले भने संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । उनले दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङ भएको भन्दै उनीहरुले बोलाएको बैठक नै आधिकारिक हुने उनले बताए ।

बैठकले सर्वोच्चको फैसला अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएका कारण सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो । ज्ञवालीले पार्टी एकताका लागि आफुहरु लचिलो भएको बताए ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता ज्ञवालीले प्रधानमन्त्रीले देशलाई जे गर्दा सबैभन्दा उपयुक्त हुन्छ, त्यही गर्ने बताए । उनले भने, ‘हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्यक परामर्शपछि ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : १३ बजे

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।