८ माघ २०८२, बिहिबार | January 22, 2026

ओली नेकपाले मुख्य सचेतकबाट देव गुरुङलाई हटायो, विशाल भट्टराईले पाए नियुक्ति



काठमाडौं । ओली पक्षीय नेकपा नजिकका सांसदहरुको बैठकले नेकपा संसदीय दलको मुख्यसचेतकबाट देव गुरुङलाई हटाएको छ ।

काठमाडौंको याक एण्ड यती होटलमा शुक्रबार बसेको ओली निकट सांसदहरुको बैठकले संसदीय दलको मुख्यसचेतकमा गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको छ । भट्टराई खोटाङबाट निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्री एवं ओली नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको नियुक्तिपत्र बुझाएका छन् ।

गुरुङलाई संसदीय दलको मुख्यसचेतकबाट हटाएको चिठी ओली पक्षले नेकपा संसदीय दलको कार्यायलस्थित गुरुङको सचिवालयमा छोडेर गएको छ ।

नेकपाको विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था रहे पनि नेकपाका बुहमत सांसदहरुले ओलीलाई संसदीय दलको नेताबाट यसअघि नै हटाइसकेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै प्रचण्ड–नेपाल पक्षले दलको अलग्गै बैठक बसेर पुष्पकमल दाहाललाई दलको नेता चयन गरेका थियो ।

ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र संसद सचिवालयमा दर्ता भैसकेको छ । कानुनी रुपमा पार्टी नफुटे पनि व्यवहारिक रुपमा पार्टी फुटिसकेका कारण ओलीले मुख्यसचेतकबाट गुरुङलाई गरेको कारवाहीले अर्थ राख्ने देखिँदैन ।

संघीय संसदका दुवै सदनमा नेकपाका २२३ सांसद रहेका छन् । प्रतिनिधिसभामा ओली विरुद्ध ९० जना सांसदको हस्ताक्षरसहित प्रचण्ड माधव निकट सांसदहरुले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ३ : ४२ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो