५ चैत्र २०८२, बिहिबार | March 19, 2026

विश्वभर पछिल्लो २४ घण्टामा चार लाख १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर चार लाख १६ हजार नौ सय २७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा नौ हजार दुई सय १२ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ३९ लाख ५९ हजार सात सय ३२ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २५ लाख २७ हजार नौ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ७३ हजार छ सय ५८ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक हजार आठ सय ९३ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप आठ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण तीन सय ४५ जनाको मृत्यु भएको तथ्यांक छ ।

भारतमा १६ हजार ५६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक सय नौ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ६३ हजार नौ सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय २७ जनाको मृत्यु भएको तथ्यांक छ ।

रूसमा पछिल्लो २४ घण्टामा ११ हजार ८६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन भने चार सय २८ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा २५ हजार दुई सय सात, दक्षिण अफ्रिकामा एक हजार छ सय ५४, कोलम्बियामा तीन हजार पाँच सय ६७, मेक्सिकोमा आठ हजार चार सय ६२, इरानमा आठ हजार एक सय तीन, जर्मनीमा नौ हजार छ सय ५९, इटलीमा २० हजार चार सय ९९, स्पेनमा आठ हजार तीन सय ४१, टर्कीमा नौ हजार दुई सय पाँच तथा अर्जेन्टिनामा पाँच हजार ८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ४९ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८