२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ



सप्तरी । नेत्रविक्रम चन्द विप्लवसमूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका-३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सिरहा/सप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका-४ का उदय उपनामका उदय नाथ मण्डल र विष्णुपुर गाउँपालिका-१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, वीर मधेशी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समिति लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको मिति २०७७ असार १६ गतेको पर्चालगायत चार थान मोबाइल बरामद गरेको बताइएको छ ।

सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग गर्ने, धाक धम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धान पश्चात उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ४० बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री