१६ असार २०८३, मंगलबार | June 30, 2026

जो प्रधानमन्त्री भए पनि हुन्छ, प्रतिगमन परास्त गरौं : माधव नेपाल



विराटनगर । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले असुरक्षा भएको भए आफुहरु सुरक्षा दिन तयार रहेको बताएका छन् ।

प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सुरक्षा चुनौती भएको भए आफ्नो पार्टी सुरक्षा दिन तयार रहेको बताएका हुन् । सोमबार पोखरामा कार्यकर्ता भेलाललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुमाथि शारीरिक आक्रमण हुनसक्ने बताएका छन् ।

अध्यक्ष नेपालले आफूहरुले प्रतिगमनबाट मुक्ति चाहिएको बताएका । देशलाई प्रतिगमनबाट मुक्त बनाउन सबै दलहरुसँग सहकार्य गर्न तयार रहेको उनले बताए । नेपालले त्यसका लागि कांग्रेस या जसपा जुन दलबाट भएपनि प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको जनाए ।

अध्यक्ष नेपालले प्रतिगमन विरुद्धको आन्दोलनमा रहेका दलहरुसँग आफुहरुको छलफल भैरहेको जानकारी गराए । नेपालले भने, ‘प्रतिगमनविरुद्ध लडेका दलहरुबीचको सहमतिमै नयाँ सरकार गठन हुन्छ। हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौँ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ३ : १७ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज