२० मंसिर २०८२, शनिबार | December 6, 2025

मोतिपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप, चर्को विरोधबीच अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुरमा



बुटवल । स्थानीयबासीको बैकल्पिक व्यवस्था नगरि अर्थमन्त्री विष्णु पौडेल मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास गर्न पुगेपछि ६ दशक देखि मोतिपुर क्षेत्रमा बस्दै आएका स्थानीयले प्रतिकार गरेका छन् ।

औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेदेखि नै आफ्नो बैकल्पिक व्यवस्था नगरी सो क्षेत्र नछाड्ने अडान लिँदै आएपनि सरकारले जबर्जस्ती औद्योगिक क्षेत्र विकार लिमिटेडका नाममा लालपुर्जा लिकाल्दै कोरिडोरको काम अगाडि बढाएको छ ।

सर्वोच्चको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलाका कारण स्थगित भएको शिलान्यासको कार्यक्रमलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्र विकास लिमिटेडले शिलान्यास गर्ने कार्यक्रम तय गरेपछि बिहिबार देखि नै सो क्षेत्रमा स्थानीयबासीले अवरोध सिर्जना गरेका थिए ।

सरकारले ठैलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास गर्न थालेपछि स्थानीयले प्रतिकार गर्दा आज मोतिपुर क्षेत्रमा पटक पटक झडप भएको छ । प्रहरीको लाठी प्रहारबाट २ जना स्थानीय घाईते भएका छन् ।

बिहिबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काईदिएपछि रातारात शसस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए ।

बिहानै देखि बालबच्चा र जेष्ठ नागरिकसहित कार्यक्रमस्थल घेर्न आएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

मोतिपुर औद्योगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिन मध्य २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।

तस्वीर : स्वस्तिक श्रेष्ठ

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : ४७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय