७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री भेट्न वालुवाटार पुगे विप्लव, केहीबेरमा राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदै



काठमाडौं । सरकारसँग वार्ता सफल भएपछि काठमाडौं आएका नेत्र विक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न वालुवाटार पुगेका छन् ।

नवलपरासीबाट काठमाडौं आएका विप्लव सामाखुशीस्थित गोंगबु आवास क्षेत्रको एक घरमा आफ्ना नेताहरुसँग छलफल गरेपछि प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका हुन् ।

त्यसलगत्तै प्रधानमन्त्री ओली र विप्लव राष्ट्रिय सभागृहमा आयोजित सम्झौता हस्ताक्षर समारोहमा उपस्थित हुनेछन् । दवै नेताले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकार र विप्लव समुहबीच बुधबार र बिहीबार भएको तीन चरणको वार्ता सम्पन्न भएपछि विप्लव सार्वजनिक भएका हुन् । दुई वर्ष अघि ओली सरकारले नै विप्लव नेकपालाई प्रतिबन्ध लगाएको थियो । वार्ता सम्पन्न भए लगत्तै सो समुहका गिरफ्तार नेता कार्यकर्तालाई सरकारले रिहा गरिरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई