१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको मुद्धामा सर्वोच्चले आज फैसला सुनाउँदै



काठमाडौं । पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्राप्तिका लागि दुईवटा कम्युनिष्ट पार्टीकाबीच शब्द भिडन्त चलिरहेका बेला सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने तयारी गरेको छ ।

सर्वोच्च अदालतले गत फागुन २० गते निर्णय सुनाउने मिति तय गरेको भएपनि अदालतको बिदा परेका कारण निर्णय आएको थिएन । अदालतको कार्यसूचिमा आज निर्णय गर्ने गरी तय गरिएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नो पार्टीको भएको दाबी गर्दै ऋषि कट्टेलले निदेबन उपर फैसला सुनाउनेछन् ।

तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर तीन वर्षअघि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि उक्त नाममा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले दाबी गर्दै अदालतमा रिट निवेदन दर्ता गराएको थियो ।

आफ्नो पार्टीको नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

२०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो । त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको मुद्दामा सर्वोच्च अदालतले लामो प्रतीक्षापछि फैसला दिन लागेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : ०७ बजे

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३