११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रधानमन्त्री र जसपाबीचको भेटवार्ता सकारात्मक, भोलि पुनः भेटवार्ता हुने



काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको आज भएको भेटवार्ता भोलि पुनः जारी राख्ने गरि सकिएको छ ।

बालुवाटारमा सम्पन्न उच्चस्तरीय भनिएको भेटवार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएको छन् । उनका अनुसार भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।

‘नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ । उक्त भेटघाट सकारात्मक रहेको छ ।भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकारको फेसबुक वालमा थापाले पोष्ट गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा नेताहरू अध्यक्षद्वय महन्थ ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई, लक्ष्मण लाल कर्ण सहभागी थिए भो नेकपा(एमाले) उपमहासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राज भट्टराई लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ९ : २७ बजे

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको