१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्रधानमन्त्री र जसपाबीचको भेटवार्ता सकारात्मक, भोलि पुनः भेटवार्ता हुने



काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको आज भएको भेटवार्ता भोलि पुनः जारी राख्ने गरि सकिएको छ ।

बालुवाटारमा सम्पन्न उच्चस्तरीय भनिएको भेटवार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएको छन् । उनका अनुसार भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।

‘नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएको छ । उक्त भेटघाट सकारात्मक रहेको छ ।भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकारको फेसबुक वालमा थापाले पोष्ट गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा नेताहरू अध्यक्षद्वय महन्थ ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई, लक्ष्मण लाल कर्ण सहभागी थिए भो नेकपा(एमाले) उपमहासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राज भट्टराई लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ९ : २७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण