१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कांग्रेस पदाधिकारी बैठक बस्दै, बैठक लगत्तै जसपासँग छलफल



काठमाडौं । सत्ता समिकरणको जोडघटाउ चलिरहेको समयमा नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

आजै दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको हो । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए । पदाधिकारी बैठक लगत्तै कांग्रेससँग छलफल गर्न जनता समाजवादी पार्टी जसपाका नेताहरु देउवा निवास पुग्दैछन् । दुई पार्टीबीच अपरान्ह ४ बजे छलफलको समय तय गरिएको छ ।

जसपाले आफ्ना माग पुरा गराउन सबै दलहरुसँग छलफल अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार साँझ भएको छलफल सकारात्मक भएको जसपाका राजपापक्षीय नेताहरुले बताएका छन् । यद्यपी, छलफलमा सहभागी अशोक राईले भने ओलीलाई विश्वास गर्न नसकिने बताएका थिए ।

जसपाले समर्थन दिएमा ओली सरकार टिक्न सक्छ । जसपाले समर्थन दिएमा कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्नसक्ने समिकरण रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  १२ : ५४ बजे

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री