११ बैशाख २०८१, मंगलबार | April 24, 2024

म्यानमारको सैन्य ‘कू’ विरुद्धको आन्दोलनमा एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु



एजेन्सी । म्यानमारको सैन्य कू विरुद्ध चलिरहेको आन्दोलनमा आइतबार ३८ जनाको मृत्यु भएको छ । देशका विभिन्न शहरमा भएका प्रर्दशनमा त्यहाँको सुरक्षा फौजले चलाएको गोली लागि ३८ जनाको मृत्यु भएको हो ।

आइतबारको दिनलाई सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा लिइएको म्यानमारका अभियानकर्मीहरूले बताएका छन । द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ ।

बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन । याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो । त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरैजसो भागमा सैन्य कानून लागु गरिएको जनाइएको थियो ।

चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन । बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ ।

क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ । एउटा चिनियाँ होटलमा समेत प्रदर्शनकारीहरुले हमला बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : ०८ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना